बागमती प्रदेशमा एकैपटक ११ सयभन्दा बढी कर्मचारीको माग (सूचना) सहित

८ माघ, काठमाडौँ : बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।  प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।

बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ। विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ।
यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation