अखिल क्रान्तिकारी प्यूठानले गर्‍यो हस्ताक्षर संकलन !

११ श्रावण,प्यूठान।प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रस्टाचारविरुद्ध  चालेको कदमप्रती समर्थन जनाउँदै प्यूठानमा बृहत नागरिक हस्ताक्षर अभियानको सुरुआत गरिएको छ।

“सुशासन प्रचण्ड सरकारको सरोकार,भ्रस्टाचार विरुद्धको नागरिक अभियान”भन्ने मुल नाराका साथ नेकपा(माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) जिल्ला समिती प्यूठानको आयोजनामा बिहिवार हस्ताक्षर अभियान सुरु गरिएको हो।

कार्यक्रममा जिल्लाको माण्डवी गाउँपालिकाको जस्पुर बजार र प्यूठान नगरपालिकाको जुम्री बजारमा बिहिबारमात्र ८७५ बढी  नागरिकहरुले भ्रष्टाचारविरुद्ध ऎक्यवद्धता जनाउँदै हस्ताक्षर गरे।शुक्रवार पनि हस्ताक्षर अभियान कायम रहने अखिल क्रान्तिकारी प्यूठानका जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले हामिलाई बताए।

भ्रस्टाचार विरुद्धका अभियानमा ३ तहकै सरकारका प्रतिनिधिहरु एकजुट भएर लाग्नुपर्ने जनाउँदै ‘भ्रष्टाचार विरुद्धमा सर्वप्रथम नागरिकहरु सचेत हुनुपर्छ’विश्वकर्माले भने, ‘स्वयंम प्रधानमन्त्री ज्यू एवम् गृहमन्त्री ज्यूले नै ठुला माछाहरुलाई छोप्न अझै बाकी रहेको छ र यसमा सबै तह र तप्काका असल नागरिकको साथ चाहिने र जनताको माया चाहिने बताउनु भएको छ। त्यसैले,हामी सबैले प्रधानमन्त्रीलाई साथ र हौसला दिनुपर्छ भन्ने उद्देश्यका साथ यो अभियान चलाएका हौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation