पत्रकारलाई नधम्क्याउन महासंघकाे चेतावनी

६ चैत, प्युठान

विजयनगर कार्यालय नामक फेसबुक पेजबाट पत्रकार मधुसूदन पोखरेललाई लक्षित गर्दै पोस्ट गरिएको धम्किपूर्ण भाषाप्रती नेपाल पत्रकार महासंंघ प्युठानले आपत्ती जनाएको छ ।

कानुनी राज्यमा बिधिको शासनको आत्मसाथ नगरी सामाजिक सञ्जाल मार्फत पत्रकार र पत्रकारितालाई नै कमजोर बनाउने, त्रसित एवम् मनोबल गिराउने गरि धम्किपूर्ण भषाको प्रयोग गरिनु गलत हो भन्दै महासंंघले आपत्ति जनाएको छ ।

पत्रकार महासंंघ प्युठानका सदस्य समेत रहेका पत्रकार पोख्रेलले सरकारी नम्बर प्लेटको मोटरसाइकलको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। सोही विषयलाई लिएर माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का केही व्यक्तिहरुले यो हाम्रो जनप्रतिनिधिको मोटरसाइकल हो फोटो भिडियो किन खिचिस भन्दै नानाथरीका तुच्छ शब्द प्रयोग गर्दै धम्कि दिएको पत्रकार पोखरेलको भनाइ छ ।

सोही विषयलाई लिएर माओवादी (केन्द्र) विजयनगरले चैत ५ गते पत्रकार पोखरेललाइ विभिन्न आरोप लगाउदै विज्ञप्ति जारी गरेको थियो ।

हेर्नुहोस महासंंघको विज्ञप्ति –

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation