पूर्वराजालाई कारबाही गर्नुपर्छ : खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ मा सार्वजनिक गरेको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले पूर्वराजाले नेपाली झण्डाको अपमान गरेर संविधान मिच्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन्।

उनले संविधानविरोधी कदमहरु रोक्नसमेत सरकारको ध्यानाकर्षण गराए। उनले २०६५ सालमै शाही निशान छाप हटाएर नेपालको झण्डा राखिएको र संविधानमा समेत श्री ५ महाराजधिराज भन्ने शब्द नरहेको भन्दै यस्तो गर्न नदिन सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते सार्वजनिक गरेको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर उल्लेख गरिएको र शाही निशान छाप प्रयोग गरेको देखियो। यो शाही निशाना झण्डा २०६५ साल जेष्ठ १७ गते हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो र नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन। त्यसकारण यस्तो सन्देशमा श्री पाँच महाराजधिराज भनेर राख्ने र शाही निशाना झण्डा राख्नेप्रति घोर आपत्ति छ र त्यस्ता काम गरेर संविधान नमिच्नको लागि आग्रह गर्दछु। ’

उनले कानुन सबैको लागि बराबर भएको कानुन कार्यान्वयनमा ध्यान दिनसमेत सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation