स्वर्गद्वारी–५ मा नेकपा (एमाले) को जनजागरण कार्यक्रम सम्पन्न

११ चैत, स्वर्गद्वारी, प्यूठान

नेकपा (एमाले) द्वारा आज चैत्र ११ गते देशभर वार्डस्तरीय जनजागरण अभियान सञ्चालन गरिएको छ। सोही अभियानअन्तर्गत स्वर्गद्वारी नगरपालिका–५ मा पनि विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य तथा पूर्व स्वर्गद्वारी नगर उपप्रमुख क. गोमा रेग्मी रहनुभएको थियो। कार्यक्रमको सञ्चालन वार्ड कमिटी सचिव क. सिर्जना भण्डारीले गर्नुभएको थियो।

सो अवसरमा वार्ड कमिटी उपाध्यक्ष क. यमराज गोराथोकी ले उपस्थित सम्पूर्ण कमरेडहरूलाई स्वागत मन्तव्य दिँदै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। साथै, विशेष अतिथि स्वर्गद्वारी नगरपालिका–३ का वडाध्यक्ष क. कृष्ण बहादुर रोकायले प्रशिक्षणात्मक मन्तव्य राख्दै जनजागरण अभियानको आवश्यकता र प्रभावकारीताबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेकपा (एमाले) ले सञ्चालन गरेको जनजागरण अभियान गणतन्त्रको रक्षा, सुशासन, विकास र जनसहभागिता वृद्धिका लागि महत्वपूर्ण हुने आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation