राप्रपाको आमसभा: घुसपैठको आशंकामा चार जना पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको आमससभामा चार जना पक्राउ परेका छन्।

उक्त आम सभामा घुसपैठको आशंकामा चार जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘घुसपैठको आशंकामा पक्राउ गरेका हौं। अनुसन्धान गर्दैछौ।’

राप्रपाका नेता कार्यकर्ताहरू बल्खुमा भेला आमसभा गरिरहेका छन्।  उक्त भेलालाई मध्येनजर गर्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको छ। पार्टीले आफ्नो कार्यक्रम शान्तिपूर्ण रहेको भन्दै घुसपैठ गर्नेलाई कारबाहीको चेतावनी दिएको थियो।

गत चैत १५ गते राजावादीको आन्दोलनमा तीनकुनेमा हिंसात्मक घटना भएपछि आज बल्खुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो मात्रामा उपस्थित भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation