तस्करविरूद्द लडाइँ जारी छ: दुर्गा प्रसाईं

राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईंले आफूले तस्करविरुद्धको लडाइ जारी राखेको बताएका छन्। भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउँदै गर्दा उनले आफू नआत्तिएको पनि बताएका छन्।

प्रहरी नियन्त्रणकै बीचमा उनले भने, ‘म आत्तिएको छैन, यो तस्कर विरुद्धको लडाइँ लडेको हो । अर्को कुरा मैले आफैँ पक्राउ दिएको है फेरि।’

हिजो पक्राउ परेका प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको थियो।  गत चैत १५ गते प्रदर्शनका नाममा तीनकुनेमा हिंसा भड्काएर फरार प्रसाईं फरार भएका थिए।

प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए। प्रसाईं नेतृत्वको राजावादीको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको मृत्यु भएको थियो।

यस्तै प्रर्दशनकारीहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation