बिजुली बजारमा प्रदर्शन गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ।

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर आन्दोलन गर्दै आएको राप्रपाले आज विरोध प्रदर्शन गर्न लागेको हो।

प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन राप्रपाले बताएको छ। तीनकुने घटनामा नेताहरु मिश्र र जबरा पक्राउ परेदेखि विरोधका कार्यक्रम गर्दै आएको राप्रपाले यसअघि २६ चैतमा बल्खुमा सभा गरेरै आफ्ना नेताहरूलाई रिहाइ गर्नुपर्ने नभए आन्दोलन चर्काउने चेतावनी दिएका थिए।

आज निषेधित क्षेत्र तोड्ने कार्यक्रम रहेको राप्रपाले बताएपछि  गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले हिजै विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पर्दै यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

साथै मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation