किन चाहियो अतिरिक्त सचिव ? – कर्मचारी ट्रेड युनियन

९ वैशाख, काठमाडौं 

निजामती कर्मचारी ट्रेड युनियनले अतिरिक्त सचिवको आवश्यकता किन परेको भनेर सोधेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेकाे बैठकमा बोल्दै युनियनका नेताहरूले यस्तो बताएका हुन् ।

‘अतिरिक्त सचिव किन चाहियो ?’ निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले भने । यो पद आवश्यक छ या छैन भन्ने विषयमा छलफल भइराखेको उल्लेख गर्दै उनले थपे, ‘अतिरिक्त सचिव राख्ने हो भने पनि अवधि नतोकी कसरी राख्ने ?’

आफूहरूको मागमा गम्भीर भइदिन युनियनका नेताहरू समितिलाई आग्रह गरे । नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले ट्रेड युनियन यथावत हुनुपर्ने बताए । आफूहरूका अन्य मागबारे सबै जानकार रहेको उल्लेख गर्दै उनले आन्दोलनमा जानपर्ने अवस्था नबनाइदिन आग्रह गरे ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले कर्मचारी मैत्री निजामती ऐन बन्नुपर्ने बताए । निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation