प्रधानन्यायाधीश राउत १० दिने बेलायत भ्रमणमा जाँदै

१४ वैशाख, काठमाडौं 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज बेलायत भ्रमणमा जाँदै छन्।

दश दिने भ्रमणका लागि राउत आज  त्यसतर्फ जान लागेको सर्वोच्चका प्रवक्ता अच्युत कुईँकेलले जानकारी दिए। राउत नेतृत्वको टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका न्यायाधीशद्वय रितेन्द्र थापा र हेमन्त रावल हुनेछन्। यस्तै सर्वोच्चका रजिस्ट्रार विमल पौडेल पनि भ्रमण टोलीमा रहनेछन्।

यसअघि वैशाख ११ गते नै प्रधानन्यायाधीश राउत विदेश भ्रमणमा निस्कन लागेका थिए। पहिला टर्की जाने र त्यसपछि बेलायतको भ्रमण गर्ने उनको तालिका थियो। तर टर्कीको भ्रमण अन्तिम समयमा रद्द भएको थियो।

राउत नेतृत्वको टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation