रेशम चौधरी पक्राउ !

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै उनलाई प्रहरीले पक्राउ गरेको नाउपाका वरिष्ठ उपाध्यक्ष दामाेदर पण्डितले बताए।

रेशम पाक्राउ पर्नुकाे स्पष्ट कारण खुलेकाे छैन। तर जनमत अध्यक्ष डा. सिके राउतका अनुसार उनलाई पुरानो फैसला कार्यान्वय लागि भन्दै प्रहरीले पक्राउ गरेकाेहाे। टिकापुर काण्डका प्रमुख आरोपी रेशम राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा भएका थिए।

राउतले ​डिल्ली बजार जेल पठाएको खबरसमेत प्राप्त भएको सामाजिक संजालमार्फत उल्लेख गरेका छन्। आज नै राउत नेतृत्वकाे जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्न कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम राखिएको थियाे। दुवै दलका नेता–कार्यकर्ता कार्यक्रमस्थलमा उपस्थित थिए।

तर रेशम पक्राउ परेसँगै एकताका लागि राखिएको कार्यक्रम स्थगित भएकाे छ। रेशम पक्राउकाे घोर भर्त्सना गर्दै राउतले भनेका छन्, ‘आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation