शौचालयमा लडेर प्रचण्ड घाइते !

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।

सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि उनको निधारमा चोट लागेको हो।

उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। हाल उनको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation