भारत–पाकिस्तान तनाव : काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन

२६ वैशाख, काठमाडौं

भारत र पाकिस्तानबीच चलिरहेको तनाव रोक्न माग गर्दै नेपालस्थित दुवै देशका दूतावास अगाडि प्रदर्शन गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले दुवै दूतावास अगाडि पुगेर शान्तिको बाटो रोज्न आग्रह गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

‘शान्तिको कुनै विकल्प हुँदैन, स्टप वार, पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

-हेर्नुहोस तस्बित

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation