आइपिएलका सम्पुर्ण खेल स्थगित

२६ वैशाख, काठमाडौं 

इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ। यो ठूलो निर्णय मे ९ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) को बैठकमा लिइएको हो

आजबाट कुनै खेल हुनेछैन। अब बीसीसीआईको पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु हो। बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्नेछ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मे ८ सम्म ५८ खेलहरू थिए, जसमा पञ्जाब किंग्स (पीबीकेएस) र दिल्ली क्यापिटल्स (डीसी) बीचको खेल पनि समावेश थियो।

मे ८ (बुधबार) मा धर्मशालामा हुने तय भएको यो खेल भारत-पाकिस्तान तनावका कारण बीचैमा रद्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation