देशलाई कंगाल बनाउने नै राजाहरू हुन् : प्रधानमन्त्री ओली

२७ वैशाख, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले ‘हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको’ टिप्पणी गरे ।

‘अचम्म त के भनेः यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देउ, भनेर लाजै मान्दैन । यो देश कंगाल बनाउने त यिनीहरू हुन् त,’ उनले भने, ‘अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ । तथ्यांक, आँकडाले बताउँछ । मान्छे नहुँदा जंगलमा मुलुक थियो होला । त्यसपछि के भयो ? हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनै पर्छ ।’

देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने उनको भनाइ थियो ।

‘देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसावले हेर्नुस्, हिमाल, पहाड छन्,यस्तो स्वच्छ, पवित्र छ । यो त देवभूमि हो । यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ । यस्तो देशमा फोक्साको व्यापारी ? कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation