रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

११ जेठ, काठमाडौं 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ।  यसअघि शनिबार केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक बसेको थियो।

आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमाभौतिक उपस्थितिमै बैठक बस्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा सर्वोच्च अदालतले पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछिको परिस्थिति र पार्टीको आगामी दिशाबारे छलफल हुनेछ। यस्तै देशको विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने झाले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation