राजावादीका लागि अनुकूल समय आयो : कमल थापा

 

१३ जेठ, काठमाडौं

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय आएको बताएका छन् ।

१५ जेठका लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरू अहिले भइरहेको छलफलमा थापाले यस्तो बताएका हुन् ।

उनले केही समयदेखि पानी बाराबारको अवस्थामा रहेका राजावादीहरू अहिले एक ठाउँमा आएको भन्दै उनले अहिले आफ्ना एजेन्डाका लागि सर्वाधिक अनुकुल समय आएको बताए ।

‘पानी बाराबारको अवस्थाबाट राजावादी एक ठाउँमा उभिने अवस्थामा पुग्यौं,’ अध्यक्ष थापाले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खारेजीका लागि यो सर्वाधिक अनुकुल अवस्था आएको छ भन्ने रियलाइजेसन भएको छ ।’

उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रिएलाइजेशन महत्वपूर्ण रहेको बताए ।

वर्तमान सरकारले गणतन्त्रको विरोध गर्नु राज्यद्रोह हो भन्ने खालको कानुन बनाउन खोजेको थापाको भनाइ थियो ।

थापाअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धारणा राखेका थिए । उनले १५ जेठका लागि आह्वान गरिएको शान्तिपूर्ण आन्दोलनलाई भड्काउन प्रधानमन्त्री नै लागेको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation