गभर्नर पौडेलविरुद्धको रिटमा आज पेशी हुँदै

नेपाल राष्ट्र बैंकका नविनयुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी बुधबार हुँदैछ। अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति बदरको माग गर्दै मंगलबार रिट दर्ता गरेका हुन्।

नेपाल राष्ट्र बैंक ऐन- २०५८ ले अनिवार्य गरेको विज्ञता नभएको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको भन्दै उनीहरूले रिट दायर गरेका हुन्। पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानूनी भएको जिकिर रिटमा गरिएको छ ।

गम्भीर राष्ट्रिय महत्त्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न/नगराउन ‘प्रतिषेध मिश्रित परमादेश’को माग अधिवक्ताहरूले गरेका छन् ।

गभर्नर नियुक्त नहुँदै पौडेलको नियुक्ति रोक्न माग गर्दै उनीहरू रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। प्रशासनले रिट दरपिठ गरिदिएकोमा इजलासले पनि सदर गरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation