प्रधानमन्त्री भन्छन्: गृहमन्त्रीको राजीनामा माग्नु उचित होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीमाथि प्रश्न उठेकै भरमा मन्त्रीको राजीनामा माग्नु अनुचित भएको प्रतिक्रिया दिएका छन्।

काठमाडौंमा शनिबार आयोजित ‘हाफ म्याराथन’ आरम्भपछि छलफलका क्रममा प्रधानमन्त्री ओलीले गृहमन्त्री  रमेश लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने तर्क गरे।

‘बोल्ने र माग राख्न पाउने प्रतिपक्षको अधिकारको म सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहिँ चाहिन्छ’, उनले भने। प्रतिपक्षलाई त यो सरकार नै मन नपरेका कारण उसने निराधार माग तेस्र्याएर संसदमा अवरोध गरेको उनले बताए।

पूर्वगृहमन्त्री रवि लामिछानेको सन्दर्भ र लेखकको सनदर्भ नै फरक भएको उनले बताए। ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृह मातहतको सीआइबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन’, ओलीले भने, ‘त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।’

उनले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेऊभन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेऊभन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation