वाइसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन

२४ जेठ, काठमाडौं 

नेकपा माओवादी केन्द्रको शक्तिशाली भातृ संगठन योङ् कम्युनिस्ट लिग (वाइसिएल) अध्यक्षमा पुष्प ओली सर्वसम्मत रुपमा चयन भएका छन् । तत्कालीन नेकपा माओवादीको जनयुद्धमा गम्भीर घाइते भएको ओली अध्यक्षमा चयन भएका हुन् ।

यस्तै महासचिवमा गणेश शाहीको नाममा सहमति जुटेको छ । अरु पदाधिकारीको टुंगो लाग्न बाँकी रहेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको हो ।

को हुन् अध्यक्ष ओली ?

पुष्प ओली २०४३ पुस ७ गते दाङको पवननगर जन्मिएका हुन् । विद्यालयतहदेखि पढाईमा तेज भए पनि उनलाई तत्कालीन माओवादी जनयुद्धले तान्यो । त्यसपछि उनी अध्ययन छोडेर २०५७ सालदेखि अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध भई काम गर्न थाले ।

०५९ सालमा आइपुग्दा उनी विद्यार्थी संगठनमा पूर्णकालीन भई जनयुद्धमा सक्रिय सहभागी भए । ०६१ सालमा तत्कालीन माओवादीका उनी तत्कालीन पश्चिमाञ्चल क्षेत्रका जिल्लामा सक्रिय सहभागी भए ।

०६२ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही नगर निर्वाचन घोषणा गरे । त्यतिबेला नगर निर्वाचन बिथोल्न माओवादी शसक्त रुपमा सहभागी भयो । पार्टीले शाही निर्वाचन बिथोल्न सक्रिय भई लागेका बेला ओलीका लागि अभिसाप बन्न पुग्यो ।

तनहुँको डुम्रेमा आन्तरिक रुपमा बम विस्फोट भई गम्भीर घाइते हुन पुगे । उनको आँँखा, मुख, हात, खुट्टमा गोली लागेर गम्भीर घाइते भए । उनी शरीरमा अहिले पनि गोलीका झर्रा बाकेर हिड्ने गरेका छन् । त्यति मात्रै होइन लजमुङको भिरस्कुस्थान रिपिटर टावर आक्रमणमा उनी प्रत्यक्ष सहभागी भए ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि ०६३ सालमा पार्टी जिल्ला सदस्य(डिसीएम)को हैसियतमा पार्टी केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदीको कमाण्डमा बस्ने गरी काठमाडौं उपत्यका सरुवा भई आएका थिए । ०६३ सालमा वाइसिएल भक्तपुर जिल्लाको सचिवालय सदस्य निर्वाचित भई सक्रिय भूमिका निर्वाह गरे । त्यसपछि वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशीखा’को कार्यकालमा उनी केन्द्रीय सचिवको नेतृत्व गरे ।

हाल सुवोध श्रीपालीको कार्यकालमा उपमहासचिव भई काम गर्ने अवसर पाए । अधिकांश वाइसिएल नेताहरू ४० वर्षे उमेर हद लागेर बिदा भएपछि ओलीले सर्वसम्मत अध्यक्ष बन्न अवसर पाएका हुन्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation