ट्रम्प प्रशासनको कदमप्रति विरोध, लस एन्जलसमा विशेष सैनिक तैनाथ

२७ जेठ, काठमाडौं

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध भएका प्रदर्शनहरूलाई नियन्त्रण गर्न लस एन्जलसमा विशेष तालिम प्राप्त सैनिक परिचालन गरिएको छ ।

एक मरिन बटालियन अर्थात् करिब ७०० विशेष तालिमप्राप्त सैनिकहरू परिचालन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पेन्टागनले सोमबार सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ कि यी सैनिकहरूलाई संघीय कर्मचारी तथा सम्पत्तिको सुरक्षा गर्न सक्रिय गरिएको हो । ट्रम्पले यसअघि नै लस एन्जलसमा २००० नेशनल गार्ड पठाइसकेका छन्।

पेन्टागनका प्रवक्ता शोन पर्नेलले लस एन्जलसमा थप २,००० नेशनल गार्ड सैनिकहरू पनि परिचालित गरिने उनले बताए ।

यता, राज्य सरकारले भने संघीय कदमको कडा विरोध गरेको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले नेशनल गार्डको तैनाथीविरुद्ध कानुनी चुनौती दर्ता गरिसकेका छन् ।

सैन्य निकायका अनुसार यी मरिन सैनिकहरूलाई मुख्य संघीय एजेन्सीको नेतृत्वमा क्षेत्रको निरन्तर निगरानी र सुरक्षाका लागि सहयोग गर्न खटाइएको हो ।

मरिन सैनिकहरू सामान्य सैनिकभन्दा फरक, विशेष तालिम प्राप्त हुन्छन्, जसले समुद्री, स्थल र आकस्मिक स्थितिमा तत्काल प्रतिक्रिया जनाउन सक्छन्।

ट्रम्प प्रशासनका एक अधिकारीले रोयटर्ससँग भनेका छन् कि यी मरिनहरू केवल नेशनल गार्ड र अन्य कानुन कार्यान्वयन निकायहरूको सहायक भूमिकामा मात्र रहनेछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation