तीनकुने घटना : ३२ जनालाई धरौटीमा छोड्न आदेश

३० जेठ, काठमाडौं 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा आवन्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ।

बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र अन्यलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

दुर्गा प्रसाईँ समर्थक युवा समूह एटीएफमा आबद्ध हरिहर चौलागाईँलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ ।  सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भीम’लाई १ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ।

यस्तै गोपाल मल्ल ठकुरीलाई २० हजार, पशुपति खड्कालाई १० हजार, विष्णु पराजुलीलाई १० हजार, पुष्कर खतिवडालाई २० हजार, मुनेन्द्र राजभण्डारीलाई १० हजार, कुमार बस्नेतलाई २० हजार, अनिलकुमार थापालाई १० हजार र तारानाथ बोहरालाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

अदालतले भानुभक्त पौडेलसँग १० हजार, विष्णुजंग बस्नेतसँग १ लाख, देवी प्रसाद सङ्ग्रौलासँग १० हजार, प्रेम थापा मगरसँग १० हजार, ओम प्रकाश लुइँटेलसँग १० हजार, तेजेन्द्र रायमाझीसँग १० हजार, मनबहादुर कालासँग २० हजार, निराजन कुमार गिरीसँग ५० हजार र प्रेधबहादुर श्रेष्ठसँग ५० हजार धरौटी लिएर रिहा गर्न आदेश गरेको छ।

रमेश राईलाई २० हजार, दिवश बोगटी क्षेत्रीलाई १० हजार, दिलकुमार श्रेष्ठलाई १० हजार, कमलकुमार विष्टलाई २० हजार, लोकबहादुर बस्नेतलाई २० हजार, दिनेश खड्कालाई ५० हजार , दानबहादुर न्यौपानेलाई १० हजार र उमेश तामाङलाई १० हजार धरौटीमा छाड्न आदेश गरिएको छ।

अमित शाह ५० हजार, सुमन कार्की १० हजार, जितबहादुर श्रेष्ठ ५० हजार र मनोजकुमार सापकोटासँग १० हजार धरौटी माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation