
३१ जेठ, दाङ
दाङमा अबैध हातहतियार एक नाले बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
बङ्लाचुली गाउँपालिका-३ लेखटापा बस्ने ४४ वर्षीय लुम बहादुर रावतले आफ्नै घरमा अवैध हातहतियार तथा खरखजनाहरु लुकाई छिपाई राखेको सूचनाको आधारमा प्रहरी टोलिद्वारा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १ थान फेला परेको हुँदा उनलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
जिल्ला अदालत दाङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।