ओली, देउवा र दाहालले अब अभिभावकीय भूमिका खेल्नुपर्छ, नेतृत्व हामी गर्छौँ : विश्वप्रकाश

२ असार, झापा 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन्।

धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको आज शिलान्यस गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने नेतृत्वको जरुरी भएको बताए।

उनले प्रत्येक चुनावले नयाँ सरकार बनाउने तर प्रधानमन्त्री चाहिँ पुरानै व्यक्ति हुने परिपाटीले नागरिकमा गुनासो र असन्तुष्टि बढिरहेको बताए। “यो दल, ऊ दल, यो गुट र ऊ गुटको होइन सिङ्गो राष्ट्रको अभिभावकको जरुरी छ,” उनले भने, “अब त्यसको हल हामी गर्छौँ।”

महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८३ सालपछि अभिभावकीय भूमिका निर्वाह गर्नेगरी अवधारणा बनाउन आवश्यक रहेको बताए।

उनले स्व टङ्कप्रसाद भट्टराईले दान दिएको जग्गामा बन्न लागेको खानेपानीको ट्याङ्कीले मेचीनगर–९, १०, ११, १४ र वडा नं १५ का केही भागहरूमा समेत खानेपानी वितरण गर्न सहज हुने बताए।

झापा क्षेत्र नं १ मा मात्रै करिब रु एक अर्बको बजेटमा विभिन्न खानेपानीका योजनाहरू सञ्चालन भइरहेका उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation