नागार्जुनका मेयर बस्नेत घुस प्रकरणमा दोषी ठहर

६ असार, काठमाडौं

विशेष अदालतले नागार्जुन नगरपालिका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले उनले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहर सहित सम्पती शुद्धिकरण (अपराधबाट आर्जित सम्पती लुकाएको कसुर) मा समेत दोषी ठहर गरेको छ । विशेषले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ ‘सम्पती शुद्धिकरण’ गरेको ठहर गरेको हो ।

बस्नेतलाई कैद सजाय तोक्नका लागि विशेष अदालतले १६ असारमा अर्को पेसी तोकेको छ ।

विशेषले मोहनबहादुर पत्नी उर्मिलालाई भने आरोपबाट सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation