७ असार, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शनिबार तेस्रो स्थापना दिवस मनाउँदैछ। वैकल्पिक राजनीतिको नारासहित २०७९ असार ७ गते पार्टीको स्थापना भएको थियो।
सभापति रवि लाछिाने सहकारी ठगी मुद्दामा रूपन्देही कारागारमा रहेकाले सभापतिको उपस्थिततिविनै तेस्रो स्थापना दिवस मनाउन लागेको हो। पार्टीका संस्थापक सभापति रवि लामिछाने सहकारी ठगी मुद्दाको आरोपमा पुर्पक्षका लागि जेलमा छन्। विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनलाई, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेको छ ।
यो बीचमा सिंगो पार्टी सभापतिमाथि लागेका आरोपको विरोधमा लाग्दा पार्टीका सांगठनिक काम प्रभावित भएका छन्। नेताहरुले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउने गरेका छन्। तर लामिछाने भने पार्टी स्थापना हुनुअघिकै विभिन्न प्रकरणका कारण विवादमा छन्।
अहिले थुनामा रहेको सहकारी प्रकरण वा विगतमा दोहोरो नागरिकता र राहदानीसम्बन्धी प्रकरण, सबै पार्टी स्थापना हुनुअघिका हुन्। पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले यो तीन वर्षको अवधिमा सरकारबाहिर रहँदा वा दुईपटक गरी सरकारमा जाँदा सुशासन र जनताको पक्षमा उत्कृष्ट काम गरेको दाबी गरे। यस्तै कार्यवाहक प्रवक्ता मनिष झाले राजनीतिक प्रतिशोधमा नपरेको भए तीन वर्षमा पार्टी निकै अगाडि जाने जिकिर गरे। तेस्रो पार्टी स्थापना दिवसको अवसरमा नेतृत्वको अनुपस्थितिले दुःख लागेको बताउँदै उनले दुई-दुई पटक सरकारमा जानु गल्ती भए पनि गलत सत्ता नभई धेरै कुरा सिक्ने अवसर पाएको बताए। पार्टीले आज विभिन्न कार्यक्रम र नारासहित स्थापना दिवस मनाउँदैछ।
सुरुवाती दिनहमा पार्टी निर्माणको ६ महिनामै २१ सिटसहित संसदको चौथो ठूलो शक्ति निर्माण, संगठन निर्माणका आक्रामकता तथा केही आशा जगाए पनि सभापतिसहित बिभिन्न नेताका ठगी काण्ड आउन थालेयता रास्वपाको अभियानमै प्रश्न उठेका छन्। पुराना दलको विरोध गरेर उनीहरुसँगै सरकारमा जानु, सभापतिमाथि आरोप लाग्दा सिंगो पार्टी नै विरोधमा उत्रनु, पार्टीभित्रकै आन्तरिक विवाद लगायत कारण अपेक्षित बाटो समात्न नसकेको विश्लेषण हुने गरेको छ।