
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्यूठानका दुई स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सिफारिस गरेको छ ।
मन्त्रालयले मल्लरानी गाउँपालिकामा बिजय पौडेल र झिमरुक गाउँपालिकामा शाकुन्तला अर्याललाई प्रमुख प्रशासकीय अधिकृत तोकेको हो ।
मन्त्रालयले लोकसेवा उत्तीर्ण गरेका ३९ औं ब्याजका शाखा अधिकृतलाई विभिन्न जिम्मेवार दिएर काज तथा सरुवा गरेको छ ।