
३० असार, प्युठान
माण्डवी गाउँपालिकाका प्रवत्ता जितामित्र सुनारले अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा बिक्री गरेका छन्।सोही गाउँपालिका वडा–३ लामाचौर स्थित प्रवत्ता सुनारको फर्म हाम्रो एग्रो सप्लायर्सबाट बिक्री वितरण गरेको हो।
अनुदानको मल विक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनले जिल्लाका सहकारी संस्थामार्फत मलको विक्री वितरण गर्दै आएको छ ।
आधिकारिक विक्रेताबाट मात्र विक्री गर्नुपर्ने सो मल हाम्रो एग्रो सप्लायर्सबाट तोकेभन्दा बढी मूल्यमा विक्री भइरहेको छ।
माण्डवी गाउँपालिकाका–३ बगैचा स्थित माण्डवी साना किसान कृषि सहकारी संस्था लिमिटेडले मल विक्री वितरणको जिम्मा पाएको थियो।जेठ १४ गते कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाले साना किसान संस्थालाई २ सय ५१ बोराको अनुदानको युरिया मल १ लाख ८८ हजार २५० रुपैयाँ, डिएपी १ सय बोरा २ लाख २० हजार रुपैयाँ र ४० बोरा पोटास ६४ हजार रुपैयाँ विक्री मूल्य माण्डवी गाउँपालिकाले तोकिएको थियो।
हाम्रो एग्रो सप्लायर्सका संचालक जितामित्र सुनारले साना किसान सहकारी संस्थाबाट असार ११ गते प्रतिकेजी २१ रुपियाँका दरले १ हजार केजी खरिद गरेका थिए।स्वर्गद्वारी अपडेटले असार २९ गते प्रवत्ता जितामित्र सुनारको हाम्रो एग्रो सप्लायर्सबाट ५ केजी मल ३७ रुपैंयाका दरले खरिद गरेको थियो जसमा ८० रुपैया बढी लिएको छ। यद्यपि सुनार सम्पर्कमा आउन चहेनन् ।
उता भने साना किसान संस्थाका व्यवस्थापक नितु भण्डारीले प्रतिकिलो युरिया २१ रुपैयाँ, डिएपी ५० रुपैयाँ र पोटास ३८ रुपैयाँ मुल्यमा किसानहरुलाई बिक्री गरेको उनले बताईन।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका कार्यालय प्रमुख बिनोद शर्माले स्थानिय तहको मल व्यवस्थापन समिति उपाध्यक्षको संयोजकमा र शाखा प्रमुख सदस्य सचिवको रुपमा रहने प्रमुख शर्माले बताए।‘हाम्रो एग्रो सप्लायर्ससँग मल वितरण गर्ने कुनै इजाजतपत्र छैन।’उनले भने,‘मल विक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनले जिल्लाका सहकारी संस्थामार्फत मात्र हुन्छ।’इजाजत भएकोलाई यसरी दोबर मुल्यमा बिक्रि गर्न पाइदैन तर इजाजत नै नभएको हाम्रो एग्रो सप्लायर्सलाई झन् ठुलो कानुनी कारवाही हुने व्यवस्था रहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको प्रमुख शर्माले बताए।
हाम्रो एग्रो सप्लायर्सलाई मल बिक्री बितरण गर्न इजाजत पत्र नदिएको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारीले बताए।कानुन हेरेर कार्यविधि के रहेछ सोही अनुसार अनुगमन गरि कारवाही गर्ने प्रशासकीय अधिकृत भण्डारीको भनाई छ।
२०८० माघ महिनाको २८ गते सोहि पालिकाको वडा नम्बर १ देबिस्थान डाँडामा माण्डवी गाउँपालिकाको रा १ क ७७३ नम्बरको ब्याक हो लोडरले किचेर ठग बहादुर घर्तीको मृत्यु हुँदा हालसम्म क्षतिपूर्ति नदिएको बिषयले यतिबेला माण्डवी गाउँपालिका चर्चामा रहेको छ।
-स्वर्गद्वारी अपडेटबाट