सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त !

३१ असार, काठमाडौँ 

राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्।

उनी राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक रहेकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी पाएको जानकारी दिएको छ।

आजै बिहान उक्त मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए। लगत्तै रिक्त मन्त्री पदमा न्यौपाने नियुक्त भएकी हुन्।

न्यौपाने २०७४ को स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित बनेकी थिइन्।
मेयरमा पराजित भएपछि एमालेले उनलाई २०७६ मा राष्ट्रियसभामा उम्मेदवार बनाएको थियो।

उनी गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation