रविको निवेदनमाथि बहस सकियो, आदेश सुनाउने तयारी

२६ साउन, काठमाडौँ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गरी दिएको निवेदनमाथि रुपन्देही अदालतमा बहस सकिएको छ।

न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा बहस सकिएको र आदेश सुनाउने तयारी भइरहेको सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।

बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणको मुद्दामा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

उनले बिगो तिर्ने गरी थुनाबाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation