राज्य व्यवस्था समितिका सभापति रामहरिले दिए राजीनामा

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।

संघीय निजामती विधेयकमा राखिएको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका विषयमा नैतिक जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिएका हुन्।

संसदमा विशेष समय लिएर बोल्दै उनले आफूबाट कुनै त्रुटी नभएको भन्दै गहिरो गरेर आँखा नपुगेको र कर्मचारीलाई विश्वास गरिएको बताए।

आफूले त्रुटी भएको थाहा पाएलगत्तै सभामुखलाई जानकारी गराएको भन्दै संसदको पनि यो विषयमा त्रुटी रहेको तर्क गरे।

संसदीय छानबिन समितिले पनि आफूलाई दोषी ठहर नगरेको उनको जिकिर छ।

‘समितिले मलाई कारबाही पनि सिफारिस गरेको छैन। राजीनामा पनि भनेको छैन। पदलाई भन्दा प्रश्नलाई माथि राखेर मैले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको पदबाट हाँसीहाँसी राजीनामाको घोषणा गर्दछु।’ उनले भने, ‘अहिलेसम्म मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation