प्रचण्डले भने- प्रधानमन्त्री ओलीको हावादारी गफले देश बर्बाद भयो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन्।

संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएका जिकिर गरे। उनले प्रधानमन्त्रीले धरातल छाडेर हावादारी गफ दिएका र आफू कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालिरहेको बताए।

आफूले सदनमा बोलेको भन्दा फरक नरहेको उनले बताए।

उनले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ। यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ। उहाँ धरातल छाडेर हावादारी गफमा जानुभएको छ। त्यसले गर्दा पनि देश बर्बाद भएको छ। टियु मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ। उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ। त्यो बेठिक छ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation