कागबेनी–छुसाङ सडक कालोपत्र सुरू

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरू भएको छ।पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए।

यो सडक कालोपत्र गर्न रु २८ करोड ८७ लाख विनियोजन गरिएको छ। यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्र भइसकेको छ।

प्रमुख झाका अनुसार कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation