प्रेस चौतारी प्यूठानले निर्माण गर्यो वार्षिक कार्ययोजना

प्रेस चौतारी प्युठानले संगठनलाई सुव्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन कार्ययोजना निर्माण गरेको छ । चौतारीको उमेश स्मृति प्रतिस्ठान बिजुवारमा बसेको बैठकले संगठनका हरेक गतिविधिलाई संस्थागत गर्दै संगठनलाई चलायमान र गतिशील बनाउन वार्षिक कार्ययोजना निर्माण गरेको हो ।

प्रेस चौतारीको नियमित गतिविधिलाई आम नागरिकसँग जोड्ने, पत्रकार आचारसंहितालाई पालन गर्दै पत्रकारितालाई थप व्यवसायीक, मर्यादित र जनउत्तरदायी बनाउने, स्थानीय तहमा गठित पालिका शाखालाई क्रियाशील, दक्ष, व्यवसायी बनाउन तालीमको व्यवस्था मिलाउने र नयाँ पत्रकार उत्पादनका लागि तालिम सञ्चालन गर्ने, महिला पत्रकारको पेशागत सुरक्षालाई सञ्चारमाध्यमहरूले विशेष प्राथमिकताको लागि पहल गर्ने, प्रेस चौतारी प्युठानको मुखपत्र निकाल्ने, अक्षयकोषलाई थप व्यवस्थित गर्न पहल गर्ने लगायतका कार्यक्रमलाई समेटेर वार्षिक कार्ययोजना तयार गरिएको प्रेस चौतारीका अध्यक्ष वासुदेव गिरीले जानकारी दिए ।

जिल्लामा ९ स्थानीय तहमध्ये ७ स्थानिय तहमा चौतारी पालिका शाखा गठन गरिएको छ । गठन गर्न बाकी रहेका दुई पालिकामा भदौ मसान्तसम्म पालिका शाखा गठन गर्ने तयारी रहेको संगठनले जनाएको छ । संगठनमा आवद्ध पत्रकारलाई दुर्घटना बिमामा जोड्न पहल थाल्ने कार्ययोजनामा राखिएको छ । केन्द्र प्रदेश लगायतको कार्यक्रमलाई कार्यान्वयनमा लैजाने, सदस्यता नवीकरण वितरण लगायतका नियमित कामलाई निरन्तरता दिने संगठनका अध्यक्ष गिरीले जानकारी दिए।

यसैगरी बैठकमा चौतारी र पार्टीको गतिविधिलाई प्रचारप्रसारसँग जोड्दै जनतामाझ सूचना प्रवाहकालागि महत्वपूर्ण भुमिका खेल्न पार्टी सचित इन्द्रमणी पोख्रेलले सुझाव दिएका छन्।

उमेश स्मृति प्रतिस्ठान बिजुवारमा बसेको बैठकलको अध्यक्षता प्रेस चौतारी नेपाल प्युठानका अध्यक्ष वासुदेव गिरीको रहेको थियो भने नेकपा (एमाले) जिल्ला पार्टी सचिब इन्द्र्मणी पोख्रेलको प्रमुखआतिथ्यता रहेको थियो ।

बैठकमा फ्याक्सन इन्चार्ज नेगन सिंह कुवर, एमाले प्रचारप्रसार बिभाग प्रमुख इश्वरा आचार्य, लुम्बिनी प्रदेश प्रचारप्रसार बिभाग सदस्य सुजल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation