भण्डारी दम्पतीले दिए छोरा को जन्मदिनमा १५ लाख को बिमा पोलिसी उपहार

१० भदौ, रुपन्देही

रुपन्देही जिल्ला कन्चन -०२ विजयनगर स्थायी घर भै हाल सैनामैना -०४ मुर्गियामा होटेल ब्यबसाय गर्दै आएकी रिता भण्डारी र भारतीय सेना मा कार्यरत श्री मोहन भण्डारीले आफ्नो प्रिय छोरा रियान्स भण्डारीको तेस्रो बसन्त पुरा गरेको शुभ अवसर पारि जन्मदिनको उपलक्ष्यमा १५ लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन्।

आजको सानो बचत ले बुढेशकालमा साहारा पाइने र जतिबेला पनि दु:ख पर्दा काम लाग्ने भएकोले यो जीवन बिमा गर्न आफुलाई सल्लाह दिनु भएकोमा प्रभु महालक्ष्मी लाईफ इन्सुरेन्सको सिनियर एजेन्सी मेनेजर श्री टंक बहादुर केसीलाई भण्डारी दम्पतिले बिशेष धन्यवाद समेत दिए ।

उनीहरुले आफ्नो छोरालाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मुर्गिया शाखा कार्यालयमा कार्यरत सिनियर एजेन्सी मेनेजर श्री टंक बहादुर केसीको माध्यमबाट उक्त पोलिसी उपहार दिएका हुन् ।
जो कोहीलाई जति बेला पनि आर्थिक संकट पर्नसक्ने हुँदा जीवन बिमाले त्यो संकटको क्षतिपूर्तिको ग्यारेन्टी दिने भएकोले सबैले समयमै जीवन बिमा गरि ढुक्क हुन सल्लाह दिएको प्रभु महालक्ष्मी लाईफ मुर्गिया शाखाका कर्मचारी निश्चल बस्नेतले बताए।
अनाबश्यक तडकभडक, देखासिखी र फजुल खर्चले समाजमा नकारात्मक संदेश दिइरहेको परिपेक्ष्यमा जन्मदिन मनाउने पश्चिमी शैलीको कारण हाम्रो मौलिक संस्कृतिक हराउदै गैरहेको हुँदा समाजलाई सकारात्मक संदेश दिनका लागि र परिवार को आर्थिक सुरक्षाको लागि यो जीवन बिमा योजना खरिद गरेको भण्डारी दम्पति परिवारले बताए।

आजको सानो सानो रकमलाई सदुपयोग गरि भबिष्यमा आइपर्न सक्ने आर्थिक सुरक्षाको साथै बचत हुने भएकोले आज मात्रै नभई भोलिको दिनमा जीवन बिमाको ठुलो महत्व रहने भएकोले आफ्नो प्यारो छोरालाई जीवन बिमा पोलिसी उपहार दिएको भण्डारी दम्पतिले बताए। आफुले खोजेको र रोजेको बिमा योजना प्रभु महालक्ष्मी लाईफमा रहेकोले ढुक्क भएर जीवन बिमा गर्न भण्डारी परिवारले सम्बन्धित सबैलाई सल्लाह दिए। यो बिमा पोलिसीबाट भविष्यमा प्राप्त हुने रकमले आफ्नो छोरो को उच्च शिक्षा हासिल गराउने उद्धेश्य रहेको पनि उनीहरु बताए।

नगद र जिन्सी सामान उपहार दिनुभन्दा जीवन बीमालेख उपहार दिदा बचत गर्ने बानीको विकास हुनुको साथै आफु र आफ्नो परिवारको आर्थिक सुरक्षा सुनिश्चत हुने कुरामा दुक ढुक होइन ढुक्क हुने भएकोले समयमै आफु र आफ्नो परिवार को जीवन बिमा गर्न मुर्गिया शाखा प्रमुख ऋषिराम चुदालीले सल्लाह दिएको भण्डारी परिवारले बताए ।

जीवन बीमा गर्दा भविष्यमा आउन सक्ने आर्थिक सुरक्षा र स्वतन्त्रताको सुनिश्चितता हुने भएकोले जीवन बिमा गर्नु उत्तम भएको र बिमाले धनि बनाउन नसके तापनि परिवार लाई गरिब हुन भने दिदैंन र परेको बेलामा आर्थिक सुरक्षाको ग्यारेन्टी दिने भएकोले धनि र गरिब सबै वर्गका मानिसलाई बिमाको दायरामा अनिबार्य रुपमा आउनुहुन मुर्गिया शाखा प्रमुखले सम्बन्धित सबैलाई सल्लाह दिए किनभने जीवन बिमा गर्नु भनेको मृत्युलाई मात्रै सम्झनु होइन आफु र आफ्नो परिवारको जीवनलाई थप सशक्त बनाउनु पनि हो।

मुर्गिया शाखाका शाखा प्रमुख श्री ऋषिराम चुदाली र सिनियर एजेन्सी मेनेजर टंक बहादुर केसीको उपस्थितिमा सो बिमा पोलिसी भण्डारी दम्पतिले आफ्नो छोरा श्री रियान्सलाई जन्मदिनको उपहार स्वरुप दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation