१९ भदौ, काठमाडौँ
राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बिहीबार बस्दैछ।
दिउँसो साढे १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ। बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ।
बैठकमा नेपाल कानून समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल गौतम र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ।
यसैगरी, राष्ट्रिय सभाअन्तर्गतकै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको ३०५औँ बैठक दिउँसो १ बजे बस्दैछ।
बैठकमा समितिको आव २०८२/८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवं अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ।