जापानका प्रधानमन्त्री इसिबाले राजीनामा दिए

२२ भदौ, काठमाडौं

जापानका प्रधानमन्त्री शिगेरु इसिबाले पदबाट राजीनामा दिएका छन् ।

यही जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धन सरकारले बहुमत गुमाएको थियो ।

जसका कारण उनको राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो ।

जापानको संसदीय व्यवस्थामा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा तल्लो सदनमा बहुमत गुमाइसकेको थियो ।

चुनावको समयमा इशिबाले आफू पदमा रहने बताएका थिए । उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको रूपमा उल्लेख गरेका थिए ।

त्यसबेला इशिबाले भनेका थिए, ‘जापानले १ अगस्टसम्म अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिनु आफ्नो प्राथमिक जिम्मेवारी हो ।’

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation