रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी खोल्ने

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीको समूह फरक-फरक थियो ।

चौधरिले आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि पार्टी छोडेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation