कारागारबाट भागेका चार हजार बढी कैदीबन्दी आए सम्पर्कमा

३१ भदौ, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका चार हजार बढी कैदीबन्दी सम्पर्कमा आएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म चार हजार ७७४ जना सम्पर्कमा आएका छन्।

विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले धेरैजसो कैदी स्वस्फूर्त रूपमा फर्किएको र केही लाई भने नियन्त्रणमा लिनुपरेको बताए। भदौ २४ गते जेन जी प्रदर्शनका कारण अवस्था तनावग्रस्त बनेपछि देशभरबाट १४ हजार बढी कैदीबन्दी फरार भएका थिए ।

त्यसमध्ये केन्द्रीय कारागार जगन्नाथ देवलबाट मात्र ३५ सय बढी कैदीबन्दी भागेका थिए, जसमा नक्कली भुुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि भागेका थिए। उनी अहिलेसम्म कारागार फर्किएका छैनन्। असुरक्षा बढेपछि निस्किएको र केही दिनमा फर्कने जानकारी दिएको केन्द्रीय कारागारका जेलर कृष्ण कटुवालले जानकारी दिए।

नख्खु कारागारबाट रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि भागेका थिए। तर, उनी भने कारागारमा हाजिर भइसकेका छन्। डिल्लीबजार कारागारमा रहेका पूर्वप्रदेशमन्त्री दीपक मनाङे भने भागेका थिएनन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation