एउटा देशमा दुईटा देश..?

एउटा देशमा दुइटा देश
एउटा टुप्पा
अर्को भेद।

एउटा तुइनमा झुन्डिएर नदी तर्नेहरुको देश
अर्को चिल गाडी चडेर नदी तर्नेहरुको देश ।

एउटा सिंहदरबारमा आगो लगाउछु भन्दै
दमकल नपठाएर मेयर भइरहनेहरुको देश
अर्को भ्रष्टाचार मुर्दावाद भन्दा
गोली खानेहरुको देश ।

एउटा सिटामोल नपाएर मर्नेहरुको देश
अर्को ज्वोरो आए सिंगापुर गै दवाइ गर्नेहरुको देश।

एउटा नेप्पोकिडसहरुको देश
अर्को पैतालामा चप्पल नपाउने बच्चाहरुको देश

संविधान कानून वर्गीय हुन्छ
न्याय वर्गिय हुन्छ
जेल जानेहरु
घर फर्किए त
त्यो न्याय पनि बर्गिय हुन्छ
भ्रष्टाचारको चाङ पनि वर्गीय हुन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation