सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराई जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यान र दाङको सीमा नजिक कपुरकोट गाउँपालिका–३ को चोरखोलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन। यस्तै दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्।
५ जना सवार गाडी बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि नेपालगन्ज रेफर गरिएको छ।
गाडी सडकदेखि ४०० मिटर तल खसेको छ। घाइते हुनेमा १ महिला १ पुरूष रहेका छन्।