सुनको भाउले साढे २ लाख नाघ्यो !

 

३० असोज, काठमाडौं

सुनको भाउले साढे २ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । आजको सुनको भाउ हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढिरहेपछि नेपाली बजारमा प्रभाव देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार २ सय अमेरिकी डलर नाघेको छ । एक औंस बराबर २.४३ ग्राम हुन्छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation