रोकिराखेको ट्रकमा दुई बस ठोक्किँदा ३३ जना घाइते

चितवनको भरतपुर महानगरपालिका- ९ मा रोकिराखेको ट्रकमा दुई बस ठोक्किँदा ३३ जना घाइते भएका छन्। टिकौली जंगलमा इँटा लोड गरेर राखिएको ट्रकमा दुईवटा बस ठोक्किएका हुन्। दुर्घटना गएराति करिब पौने २ बजे भएको प्रहरीले जनाएको छ।

काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस र जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र०३-००१ख ३९०२ नम्बरको रुद्राक्ष बस ना ६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किएको सशस्त्रका सह-प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूलाई तत्कालै उद्धार गरी चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याएको प्रहरीले जनाएको छ। चितवन मेडिकल कलेजमा १५, नेसनल सिटी अस्पतालमा १३ र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस दुर्घटनापछि सडक अवरुद्ध भएको थियो। सशस्त्र प्रहरीको टोलीले सडक एकतर्फी खुलाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation