गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

१६ कार्तिक, गुल्मी

गुल्मीको मदन भण्डारी राजमार्गअन्तर्गत इस्मा गाउँपालिका–१ को भराहा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तम्घास– सिमलटारी सडक खण्डमा झरनाबाट तम्घास तर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका मोहन सिह बस्नेतको लु ५६ प ८४२६ नं मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका सरोज बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते बस्नेतलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।  मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको सारुले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation