फुटबल खेलाडीको मेडल एन्फालाई उपहार..?

२० कार्तिक, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिएका छन्। नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर धर्ना दिएका छन्।

उनीहरूले आफूहरूले जितेको मेडलसमेत एन्फालाई उपहार दिएको भन्दै एन्फाको गेटमा झुण्डाइदिएका छन्। नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो लागेको उनीहरूको भनाइ छ ।

यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए। यो वर्ष भने तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र आजदेखि हेटौंडामा सुरू एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको  थियो।

राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब,सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्। बाँकी ८ ए डिभिजन  क्लबको भने प्रतिनिधित्व हुनेछैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation