कुलमान, बालेन र सुदनलाई पक्राउ गर्न महेश बस्नेतको माग

१० मंसिर, काठमाडौं

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् ।

आफ्नो पार्टीले गरिरहेको कार्यक्रममा बाधा पुर्‍याउन उनीहरूले नै षड्यन्त्र गरिरहेको उनको आरोप छ ।

‘जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पुर्‍याउन षड्यन्त्र गर्ने कुलमान घिसिङ, बालेन र सुदन गुरुङ हुन्,’ बस्नेतले भनेका छन्, ‘यिनलाई पक्राउ गरेर छानबिन गर्नैपर्छ ।’

उनले बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियानमा जाँदा जेनजीका नाममा प्लेकार्ड देखाउँदै युवाहरू पुगेका थिए ।

उनीहरूले एमाले र युवा संघविरुद्ध नाराबाजी पनि गरेका थिए । सो क्रममा प्रहरीले देखाएको भूमिकाको बस्नेतले प्रशंसा गरेका छन् ।

‘प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ,’ बस्नेतले भनेका छन्, ‘उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भुमिकाले आजसम्म कुनै पनि अप्रिय घटना दिएको छैन ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation