यस्तो रहनेछ आजको मौसम !

१४ मंसिर, काठमाडौँ

हाल देशभर उल्लेखनीय कुनै मौसम प्रणालीको प्रभाव छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

दिउँसो देशभर आंशिक बदली रहनेछ। राति पनि लगभग यही अवस्था रहने महाशाखाले जनाएको छ।

सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation