स्कुल बसको ठक्करबाट बालकको मृत्यु !

१४ मंसिर, कैलाली

कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–५ गेटाको भित्री सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने ४४ वर्षीय पतिराम डगौराले चलाएको से १ क ११८२ नम्बरको श्री बिद्याभुषण पब्लिक स्कुलको बसले सोहि दिशा तर्फ जाँदै गरेको साइकल यात्री गोदावरी नगरपालिका–५ बस्ने १३ वर्षीय अनुप महरालाई शनिबार ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।

घाइते महरालाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा सोही दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation