चोरी र अभद्रको मुद्दामा एक व्यक्ति रिभल्वरसहित पक्राउ

१५ मंसिर, काठमाडौं

चोरी र अभद्र व्यवहारको कसुरमा मुद्दा चलेका व्यक्ति रिभल्वरसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ घर भइ काठमाडौं सोल्टीमोड बस्दै आएका ३० वर्षीय सन्तोष गुरुङ छन् । उनलाई प्रहरी वृत्त कालिमाटीको टोलीले सोल्टिमोडबाट पक्राउ गरेको हो ।

सोल्टिमोड रेडक्रस मार्गमा रहेको खाली जग्गाको झाडीमा प्लास्टिकले प्याक गरेर उनले लुकाएर हतियार रोखको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation