पोखरा विमानस्थल भ्रष्टाचार बारे थप ३ विषयमा अनुसन्धान बाँकी

 

२२ मंसिर, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अरु तीन छुट्टाछुट्टै भ्रष्टाचारको फाइलमाथि अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ ।

अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा चीनको ठेकेदार कम्पनीलाई कर छुट, छिनेडाँडा/रिट्ठेपानी डाँडा कटान र परामर्शदाता नियुक्तिको विषयमा अनुसन्धान गर्न बाँकी रहेको जनाएको हो ।

अख्तियारले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दावी सहित आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले दावी गरेको आठ अर्ब ३६ करोड रुपैयाँको विगो लागत बढाइएको शीर्षकमा मात्रै हो ।

अख्तियारले विशेष अदालतमा अनुसन्धान शुरु भएका तीनवटा विवरण पठाएको छ । पहिलो, विमानस्थल निर्माण गर्दा मूल सम्झौता विपरीत चिनियाँ कम्पनीलाई कर छुट दिएको विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकिएको अख्तियारको दावी छ । कर छुट दिँदा पनि अनियमितता भएको भनी संसदको सार्वजनिक लेखा समितिले दावी गरेको थियो ।

लेखा समितिको दावी अनुसार, कर छुट भएको रकममात्रै २ अर्ब २० करोड रुपैयाँ रहेको फेला पारेको थियो । विभिन्न सरकार, मन्त्रीहरु र सचिवसमेत संलग्न भएको भन्दै लेखा समितिले त्यसलाई ‘सरासर भ्रष्टाचार देखिने काम’ भनेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation